येशूले पक्षाघातीलाई भन्‍नुभयो,


            त्‍यसपछि येशू डुङ्गामा चढ़ेर पारि जानुभयो, र उहाँको आफ्‍नो सहरमा आउनुभयो। मानिसहरूले खाटमा पस्रिरहेको एक जना पक्षाघातीलाई उहाँकहाँ ल्‍याए। येशूले तिनीहरूको विश्‍वास देखेर पक्षाघातीलाई भन्‍नुभयो, “छोरा, साहस गर। तिम्रा पाप क्षमा भए।”  शास्‍त्रीहरूमध्‍ये कतिले आपसमा भने, “यिनी परमेश्‍वरको निन्‍दा गर्दैछन्‌।”  येशूले तिनीहरूको विचार बुझेर भन्‍नुभयो, “तिमीहरू किन आफ्‍ना हृदयमा दुष्‍ट विचार गर्दछौ?  किनकि के भन्‍नु सजिलो छ, ‘तिम्रा पाप क्षमा भए’ भन्‍नु कि ‘उठ र हिँड़’ भन्‍नु?  तर मानिसको पुत्रलाई पृथ्‍वीमा पाप क्षमा गर्ने अधिकार छ भनी तिमीहरूले जान्‍न सक।” तब उहाँले त्‍यस पक्षाघातीलाई भन्‍नुभयो, “उठ, तिम्रो खाट बोक, र घर जाऊ।”  अनि त्‍यो उठ्यो, र आफ्‍नो घरतिर लाग्‍यो। जब भीड़ले यो देख्‍यो, तब तिनीहरू भयभीत भए, र मानिसहरूलाई यस्‍तो शक्ति दिनुहुने परमेश्‍वरको प्रशंसा गरे।
मत्ती 9:1‭-‬8
     प्रभुले हाम्रो हरेक पाप र रोग क्षमा गर्नु हुन्छ तर विस्वास चै दह्रो हुनुपर्ने हुन्छ ।
                            प्रभुको कृपा तपाईमा आमेन!

Post a Comment

0 Comments