1 Corinthians 5: 6-8, 11

तिमीहरूको घमण्‍ड ठीक होइन। अलिकता खमिरले जम्‍मै ढिकालाई खमिरा बनाइहाल्‍छ भन्‍ने के तिमीहरूलाई थाहा छैन?  नयाँ ढिका बन्‍नलाई पुरानो खमिरलाई निकाल, किनकि तिमीहरू वास्‍तवमा अखमिरी नै हौ। हाम्रो निस्‍तारको थुमा, ख्रीष्‍टको बलिदान भइसकेको छ।  यसकारण हामी पुरानो खमिरले, अर्थात्‌ कुकर्म र दुष्‍टताको खमिरले होइन, तर निष्‍कपटता र सत्‍यताको अखमिरी रोटीले चाड मनाऔं।  तर यस्‍ताको सङ्गत नगर्नू भनेर मैले तिमीहरूलाई लेखे, जसले आफैलाई विश्‍वासी भाइ हुँ भनी भन्‍छ, तर वास्‍तवमा जो व्‍यभिचारी, वा लोभी, वा मूर्तिपूजक, वा निन्‍दा गर्ने, वा मतवाला वा लुटाहा हो। त्‍यस्‍तो मानिससँग त खान पनि नबस।
१ कोरिन्थी 5:6‭-‬8‭, ‬11

Post a Comment

0 Comments