7. तर मचाहिँ तपाईंको अपार कृपाको कारणद्वारा, तपाईंको भवनभित्र पस्नेछु। भक्तिसाथ तपाईंको पवित्र मन्दिरतिर फर्की दण्डवत् गर्नेछु।

Nepali Christian Youth Talent
जय मसिह!
परमप्रभुले प्रत्यक मानिसलाई स्वर्गीय उपहारले उहाको महिमा गर्न सजाउनु भएको छ । तपाईमा पनि त्यो प्रतिभा छ । त्यसैले तपाईमा भएको त्यो प्रतिभाले उहाको महिमा गर्नुहोस। तपाईलाई यो मौका छ, नगुमाउनुहोस तर उहाको महिमा गर्नुहोस ।
। स्वागत छ Nepali Christian Youth Talent मा । हामी संग संगति गर्न आउनु भएको लागि धन्यवाद । यो स्थापना गरिनुको मुख्य कारण प्रभुको महिमा हो । यो बिशेष जवान सेवाकाइमा पर्छ । हामी यसबाट जवानहरुलाई उत्साह दिन्छौ । यसमा सबै सहभागी हुन पाउनु हुन्छ, तर खास यसको दर्शन चै प्रभुको महिमा जवानबाट होस भन्ने हो । जवानहरुमा धेरै प्रकारको प्रतिभा छ तर ति प्रतिभा गुम्सिएको छ,लुकेको छ वा त्यो प्रतिभा एकै ठाउमा मात्रै छ तर त्यो सबैमा ल्याउने हाम्रो दर्शन हो । कुनै एक जवानले उत्साहित साथ प्रतिभा देखाउदा हेर्ने अर्को जवानमा पबित्र आत्माले भरिएर प्रभुको महिमा गरु भन्ने चाहना उब्जिन्छ । हामीलाई आफ्नो प्रतिभा पठाएर उहाको महिमा गर्न सहयोग गर्नु होस् र अरु जवानहरुलाई उत्साहित बनाउनुहोस् प्रभुको महिमाको लागि ।
0 Comments