बिस्वाशिजनहरु एकदुसरा भेट्दा नमस्कार र hello भन्दा पनि हुन्छ

सबैलाई जयमसिह💐😇 Jaimashi to all.. 💐😇

सबैलाई पहिलै बाट क्षमा चाहन्छु यदि मैले गरिरहेको कुराहरुले कसैलाई ठेस पुग्छ भने।  मैले भन्न लागिरहेको कुराहरु चै विशेषगरी JMC को  विषय हो। 

सन्सार धेरै ब्यस्त छ, यसैले होला सबैलाई हतार परेको। हामी बिस्वासिजनलाई पनि धेरै हतार छ र नै जयमशिह वा Jayamasih लेख्नमा धेरै हतार परेको कारण हामी shortcut/छोटकरीमा JMC  लेखेर अभिवादन गर्छौं।
के तपाईलाई सहि लाग्छ ?
                सहि लाग्छ भने मलाई भन्नू केहि छैन तर अलिक अफ्ट्यारो लाग्छ भने हामी एकपटक गहन बिचारले सौचौ । परमेस्वरको महिमा गरिने अभिवादन  जयमशिह Jayamasih हो, JMC होइन। हामीले यहि शब्द जो लेखी रहेका छौ त्यसैलाई एकपटक पढेर कसै बिस्वासिलाई सम्बोधन गर्नुहोस त उच्चारण जे.एम.सि हुन्छ! त्यसको अर्थ के हुन्छ? आफै सोचौ.....
                              आजको सन्सारले shortcut/छोटकरी मात्रै अप्नाउनु चाहदैछ अनि त्यही प्रभाव मंडली अनि बिस्वासी जनहरुमा पनि आउदैछ। LOL भन्ने शब्द आज निक्कै प्रचलित छ यसको अर्थ laughter of loud (जोडले हासेको सम्बोधन) Lucifer our lord (लुसिफर हाम्रो मालिक) पनि भनिन्छ तर मलाई पनि पूरा जानकारी भएन । यस्तो shortcurt/छोटकरी  कुराहरु सन्सारभरी लछेप्रै छन । त्यसरी नै यस्तो प्रभाव मंडलीहरु र बिस्वासिजनहरुमा पनि आउदैछ।
JMC भनेको जयमशिह हरे।
PB भनेको पास्तर बाउ हरे।
BB भनेको बाईबल हरे।
CPM जाने ? भनेको चै cottage prayer meeting जाने? भनेर सोधेको हरे।
PTL भनेको Praise the Lord हरे।
के यो हिसाबले बिस्वासिजन अनि मंडली को भविस्य shortcut/छोटकरीमा असलै होला त ? मलाई लाग्छ हामीले हाम्रो बानी पनि बिगार्दैछो। हाम्रो लेखाईको बानी बिग्रदैछ र हामीले बिस्तारै right spelling /सहि हिज्जे पनि बिर्सदैछौं ! यहिकुराहरु नानिहरुले पनि सिक्दैछ। मलाई मेरो हृदयले एउटा कुरा बताउछ परमेस्वरलाई प्रथम स्थान/first priority दिने व्यक्ति  विशेषले यो बिसय खेलाइची गर्दैन गम्भीर भैइ सोच्छ। किनकि वहाको नाउ ठट्टामा उडाईने छैन ।
               वास्तवमा विसवासीजनहरु  एकदुसरा संग भेट्दा नमस्कार र hello भन्दा पनि हुन्छ तर हाम्रो हरेक पलमा वहाको नै प्रसंशा होस भनेर नै हामीले एक दुसरालाई वहाको नाउ उच्च पार्नलाई नै जयमशिह/Jaimashi भन्छौं अनि लेख्छौ ।
नोट : जसरि बोल्दा उच्चारण गर्छौं उसरी नै लेख्दा हाम्रो के जाला र दुईतिनवटा वर्ण/alphabet को मात्रै त फरक छ । हाम्रो निम्ति न त कहिले सुत्नुहुन्छ न कहिले उघ्नुहुन्छ त्यस्ता महान परमेस्वर संग  जोडिएको महिमा को अभिवादन मा पनि किन छोटकरी/shortcut अप्नाउने ? हजुरहरुलाई मेरो यो लेखले ठेस पुगे क्षमा चाहन्छु तर एउटा असल सोच मिले प्रभुलाई नै धन्यवाद !
हजुरहरुको आत्मिक मित्र!
Nepali Christian Youth Talent
article by माईकल राई!😇
send us your talent.

Post a Comment

0 Comments