Why don't people in the world like me.


 जयमसिह सबै मित्रहरुमा 
संसारको मानिसले मलाई किन मन पराउदैनन् ? किन धृणा गरेको   मलाई ? किन म देखि सबै जना टाढा हुँदै छन ? किन सबै खुसीहरु लुटिदै छन् ? म बाट मेरा सबै सपनाहरु किन बिफल भएर गएत ? किन सबै कुराबाट म अलग हुनुप¥र्यो भनी प्रश्न गरे । मैले उत्तर केही पाइन । मेरा सबै खुसीहरु लुटिदै थिए । मेरा हरेक कुराहरु कमजोर हुँदै थियो । म सबै कुरामा कमजोर भै सकेको थिए र म यो कसरी भयो भन्दै त्यै संसारलाई प्रश्न गर्दै थिए तर मलाई जवाफ आएन र मैले भन्न थाले किन म एउटै कुरा भन्छु ( किन किन किन किन ) । म सँग सधँै यहि एउटै शब्द बाकी थियो (किन) ।  म बाट सबै कुरा खोसियो । किन मेरो के गल्ती थियो र आज म एक्लो अनि खाली हुनु पर्ने बने, बनायो ? किन वर्षै देखि देख्दै आएको मेरा सबै खुसीहरु, आज एकै चोटी लुटियो भन्दै म (किन) को जवाफ आउँछकी भन्ने आशमा बसे तर झन् मेरो जीवनमा मलाई उतल पुतल बनाउदै थियो । अनि मैले पछाडि फर्केर हेर्दा (किन) को जवाफ म तिरै आइ रहेको मैले देखे । अनि म त्यही अवस्थामा मैले तपाई को हुनुहुन्छ भनी मैले प्रश्न सोधेको व्यक्ति  तपाई त हैन ? अनि उहाँले भन्नुु भयो हो, म हैन तर म तेरो सबै कुरा तैले भनु भन्दा पहिलै बुजि सकेको छुँ र जुन कुरा त बाट खोसेर लगियो त उसै सगँ प्रश्न गर्दैछस् तर त्यसले तलाई बिर्सी सक्यो छोरा ?
यूहन्ना १५ः१९ यदि तिमीहरू यस संसारका हुँदा हौ त संसारले तिमीहरूलाई आफन्त ठानी माया गर्ने थियो । तर तिमीहरू यस संसारका होइनौ। तिमीहरूलाई संसारबाट मैले चुनें, यसैकारण संसारले तिमीहरूलाई घृणा गर्दछ ।
अनि मलाई थाहाँ भयो कि म संसारको होइन रहेछु ।  यदि तपाईंहरु पनि यस्तै परिस्थितीमा हुनुहुन्छ भने प्रिय दाजु भाइ, दिदी बैनी फर्कनु होस् । येशुले तपाईं लाई बोलाउँदै हुनुहुन्छ र तपाईं लाई नयाँ जीवन दिन चाहानु हुन्छ । आमेन प्रभुले सबैजनालाइ आशिष दिनु भएको होस् ।

प्रकाश रसाइली
ढोचौर चाख्ले,सल्यान वाडा न. ५
मन्डलिको नाम आयोलन AG चर्च
 नेपाली ख्रीष्टियन युथ ट्यालेन्ट

Post a Comment

0 Comments