महिलाले पुरुषको कपडा लगाउनु हुदैन

आजकाल हामीले कस्तो जीवन विताई रहेका छौ रु त्यो जीवन जुन जीवनमा देखा–सेखी, मोज–मज्जा, अनि मनोरञ्जनमा आधारित छ । प्रभु साच्चै यस्तै चाहानु हुन्छ रु कि हाम्रो जीवन मोज मज्जा रमाईलो र जीवनको देखा–सेखीमा आधारित होस् । हामी परमेश्वरलाई नियालेर हेर्ने गरेका छौ त भन्छौ तर के साच्चीकै नियालेकै छौ त रु  परमेश्वरलाई धारण  गरेकै छौ त रुम ख्रीष्टियन भएरै पनि यो प्रश्न आउनुको अनेकौ कारण छन् । जुन म तपाईलाई बताउने नै छु । आजको समय र परिस्थितीलाई नियालेर हामी जवानहरु जीउने  गरेका छौ । खासमा हो पनि हामी समय अनुसार चल्नु पर्छ तर के यो समय अनुसार चल्दा प्रभुलाई महिमा हुन्छ रु कि पिडा हुन्छ रु  जीन्स पेन्ट नलगाउ भन्ने केही वर्ष अगाडी मेरो नारा थियो । नारा भन्ने बित्तीकै यो नसम्झनु होला कि शेखर पम्प प्लेट बोकेर सडकमा हिनेछ । तर म कसैलाई पनि टाईट जीन्स पेन्ट अनि हेर्नेलाई अप्ठ्यारो हुने कपडा नलगाउन सल्लहा दिन्छु ।  त्यस्तो खालको कपडा नलगाउन सल्लाह दिन्थ पनि । मैले सल्लाह दिए पनि केहि असर नपर्ने  तर अझै मलाई नै सम्झाउदै भन्नुहुन्थ्यो कि देश अनुसार भेष हुनुपर्छ ।

                  मैले यो कुरालाई समर्थन गरीन किनकी देश अनुसार भेष भन्ने भनाइ ख्रीष्टीयनमा होइन ख्रीष्टीयन बाहेक अरुमा हुन्छ । प्रभुमा कस्ले कस्तो कपडा लगाउन पर्छ विचार गर्नु पर्छ । हामीले देश अनुसार भेष बनाएउ भने परमेश्वरको आज्ञा कसले पालन गर्ने ? देशमा जस्तो पनि नियम लागु हुन्छ वा समाजमा जस्तो पनि फेसन चल्छ, के हामीले त्यसलाई अंगाल्ने ? अहिले विश्वमा नग्नताको प्रतिस्पर्धा चलेको छ ।  नेपालमा पनि छन् जो आफैलाई अर्धाङ्गो बनाउछन् र पनि कुनै लाज सरम हुदैन । अब के गर्ने र ? हामी पनि अर्धाङ्गो बन्ने र ? महिलाले पुरुषको कपडा लगाउनु हुदैन नत पुरुषले महिलाको तर हाम्रो समाजमा महिलाले पुरुषको कपडा लगाउने चलन व्याप्त छ । ख्रीष्टीयन बाहेक अरुमा होस् या ख्रीष्टीयन समाजमा सबैलाई सोध्नुहोस् ‘किन लगाउनु भएको पेन्ट’ सबैको जवाफ एउटै हुदैन तर धेरैको जवाफ मिल्न जान्छ । ‘पेन्ट नलार अर्को केलाम’ अनि फेरी अर्को प्रश्न सोध्नुहोस् ‘कुर्ता लगाउनु हुन्न रु’ ‘ पेन्टको जमानामा कसले लगाउछ कुर्ता सल्वार ? ’यो मात्र उत्तर हुन सक्दैन, कसैले भन्लान ‘ पेन्ट कुर्ता भन्दा महंगो पर्छ ।’ तपाई यसरी नै सोध्दै जानु भयो भने र  जिन्स पेन्ट नलगाउनु भन्नु भयो भने तपाईलाई ‘कस्तो Old type person’ भन्नु हुनेछ । ख्रीष्टीयन बाहेक अरुलाई यो कुराले कुनै प्रभाव नपार्ला तर ख्रीष्टीयनहरुले सोच्नु पर्ने हुन्छ । के हामी साच्चै परमेश्वर बाहेक जीउन खोज्दै छौ कि र? हुनत बाईवलमा लेखिएको छ  परमेश्वरले मानिसको मन हेर्नु हुन्छ , शरिर होइन, लुगा होइन तर परमेश्वरले हामीलाई यस्तो स्थान दिनु भएको छ जुन हामीले परीवर्तन गर्नु पर्छ किनकी हामी संसारको नुन हौँ , ज्योती हौँ । ९मत्ती ५:१२–१६  अर्थात हामी अरु भन्दा फरक हुनु पर्छ । हाम्रो हरेक कुरामा चमक हुनु पर्छ । यस आधारमा हाम्रो लगाई खुवाईमा परिवर्तन भएनौ भने अरु केमा हुने र? (व्यवस्था २२:५) मा नजर लगाउनुहोस् अनि विचार गर्नुहोस् । सर्वप्रथम पेन्ट कसको लागी बनेको होरु स्त्री जातीले लगाउने कपडा छैनर  पुरुषको कपडा लगाउनु र ? प्रभु घृणा गर्नु हुन्छ यस्तो कुरालाई । आजकाल हामी सोसल नेटवर्क धेरै प्रयोग गर्छौ । पढाईमा क नजान्ने हामी Hello! how are your ? साथीहरुलाई फेसबुकमा भन्छौ । अनि सेल्फी त अनेक अनेक । कहिले ओठ चुच्चो त कहिले आखाँ टेडो यो सबै गर्नु तपाईको नजरमा  राम्रो होला तर यसबाट प्रभुको महिमा भएको देख्नु हुन्छ र?  तपाई अनि हामी धेरै लापर्वा भएको छौ । जवान, हामी फेसन र देसन हेर्छौ  तर प्रभुलाई हेर्दैनौ , आफ्नै तरीकले जीवन चलाउछौ । हामी फेसन देखाउनेवाला होइन आत्मिकवाला हुन पर्छ ।
           धेरै ख्रीष्टीयन जवानहरु आनन्द र सुख अनि खुसी जीवन खोज्दै जादा आफ्नो जीवनलाई अन्धकारमा पारेका छन् । जीवनको सेखी नगर्नु भनेको अरुले जे गर्छन त्यसलाई आफुले नर्गनु हो । हामीले प्रभुको सेखी गर्नु पर्छ मानिसको होईन । आमेन
                                                                                                                                                                नेपाली ख्रीष्टीयन युथ ट्यालेन्ट 

Post a Comment

0 Comments