येशू ख्रीष्टको चहाना संसारबाट फर्क अब*
*पिता पुत्र पवित्र आत्मा मान्नालाई त मान्छौ तिमी -२*
*विश्वासीको आखा छली के तान्छौ र खान्छौ तिमी ।*
*असल बाटो छोडि किन खराब बाटो छान्छौ तिमी -२*
*घरी घरी गवाही दिन पुलपिटमा पनि जान्छौ तिमी।*
*अझै पनि भन्छु तिमीलाई संसारबाट फर्क अब -२*
*होइन भने दण्ड पाउन अन्तिम दिनलाई पर्ख अब।*
*अनगिनती मेरा वचन पल्टाइ हेर बाइबल भित्र -२*
*नोकर होइन तिमीलाई मैले भनेको छु असल मित्र।*
*येशू ख्रीष्टको सन्तान भनी बाइबल पनि बोक छौ तिमी -२*
*एक आर्कामा प्रेम गर्नु पर्ने वचनले पो घोच्छौ तिमी।*
*निधाएको बाहान गर्छौ कति चोटि जगाउ मैले -२*
*तिम्रो पाप बोकी क्रुसमा कति रगत बगाए मैले।*
*धेरैलाई थाहा छैन तिम्रो गोप्य काम विश्वासीमा लुकेको छ -२*
*पाप सोभवको तिम्रो कामले कोर्राको घाउ दुखेको छ।*
*जीवनको पुस्तकमा सबै कुरा लेख्छु मैले -२*
*किन तिमी बुझ्दैनौ खै सबै कुरा देख्छु मैले ।*
*अझै पनि भन्छु तिमीलाई संसारबाट फर्क अब - २*
*होइन भने दण्ड पाउन अन्तिम दिनलाई पर्ख अब।*
💐💐💐 *धन्यवाद* 💐💐💐 by Sunil
0 Comments