युहन्ना १५ः१९ ले भन्दछ “ यदि तिनिहरु यस संसारको हँुदा हौ त संसारले तिमीहरुलाई आफन्त ठानि माया गर्ने थियो । तर तिमीहरु यस संसारका होइनौ । तिनिहरुलाई संसारबाट मैले चुने , यसैकारण संसारले तिमीहरुलाई घृणा गर्दछ ।
तपाई संसारको होइन र संसार तपाईको होइन ।
संसार हामी, हाम्रो जीवन यापन गर्दै गर्दा घेरै परिस्थिति संग सामना गर्नुपर्ने हुन्छ । कुनै परिस्थितीहरु गाह्रे र जीवन बिताउने आशै मार्ने खालका हुन्छन् । जीवन संसारमा जिउन कठिन छ । संसारको कुराहरु, वस्तुहरु हाम्रो जिवनको महत्वपुर्ण विषय हो । यसलाई परिपुर्ती गर्न विभिन्न मानिसका साथ, रुपैयाँ पैसा अनि हौसलाको हातको आवश्यकता पर्दछ । जब हामी यी कुराहरु प्राप्त गर्दछौ, हामीलाई संसारमा जीउन सहज भएको महसुश गर्दछौ तर जब यी आवश्यकता प्राप्त गर्न कठिन बन्दै जान्छ र हामी आपैmँलाई कमजोर, काम नलाग्ने, अरुभन्दा होच्याइएको अनि निरास महसुस गर्दर्छौ । त्यो समयमा नरुनुहोस् तर मनलाई दह्ररिलो पार्दै, खुसी हुनुहोस् किनभने युहन्ना १५ः१९ ले भन्दछ “ यदि तिनिहरु यस संसारको हँुदा हौ त संसारले तिमीहरुलाई आफन्त ठानि माया गर्ने थियो । तर तिमीहरु यस संसारका होइनौ । तिनिहरुलाई संसारबाट मैले चुने , यसैकारण संसारले तिमीहरुलाई घृणा गर्दछ । यो बचन पढ्दै गर्दा मलाई भित्रैबाट एक किसिमको आनन्दको सास आउँदछ, अनि म निर्बल, कमजोर र काम नलाग्ने र संसारबाट फालिएको होइन तर स्वर्गको लागी छानिएको र चुनिएको महसुस गर्दछु किनभने म संसारको नभई सम्पुर्ण संसार तथा मानिसलाई बनाउनु हुने हाम्रा परमेश्वरको स्वर्गको रहेछु । जसको लागी मलाई चुन्नु भयो र संसारले बेवास्ता गर्यौ भनेर म रुदिन किनभने १ कोरिन्थी ७ः३१ पदले भन्दछ “ र तिनिहरु जसले संसारको थोकहरु उपभोग गर्दछन् , तिनमा आफ्नो केहि चासो नभए जस्तै गरुन्, किनकी संसारको वर्तमान रुप बितेर जादैँछ ।’’ तर म स्वर्गको चाहाना गर्दछु । किनभने “पहिले उहाँको राज्य र उहाँको धार्मिकताको खोजि गर, र यी सबै थोक तिमीहरुको निम्ती थपिनेछ ।’’ भनेर मत्ती ६ः३३ मा बताइएको छ । धेरै समय हामी संसारको अन्य मानिसको धनसम्पती, सम्पती र पर्याप्तता आफु संग तुलना गर्दछौ र आफुलाई केहि गर्न नसक्ने ठान्दछौ तर त्यसो गर्नु राम्रो होइन तर गलत हो, हैँ । किनभने हामी परमश्वरमा जे कामका लागी बोलाएका छौ त्यो हामीले पुरा गर्नु पर्छ । परमेश्वरले सबै कुरा ठिक संग मिलाउनु भएको छ । तपाईको जीवनमा यद्यपी तपाईको जीवनमा अभावै अभाव किन नपरोस् । जसरी ख्रीष्ट परमेश्वरको इच्छा पुरा गर्नको लागी क्रुशमा चढ्नु भयो भनि मत्ती २६ः३९ मा बताइएको छ । “अनि उहाँले अलि अगाडि गएर लम्पसार परी प्रार्थन गर्नुभयो” हे मेरा पिता, हुन सक्छ भने, यो कचौरा मबाट हटोस् । तरै पनि मैले इच्छा गर्नुभए बमोजिम होइन तर तपाईले इच्छा गर्नु भए बमोजिम होस् । “त्यसकारण हामीले पनि येशु ख्रीष्टको इच्छाहरु (आज्ञाहरु) पुरा गर्न हरदम तयार हुन जरुरी छ । त्यसकारण तपाई संसारको लागी रोएर आफ्नो समय खेर नफाल्नुहोस् तर येशु ख्रीष्टको इच्छा पुरा गर्न तयार रहनुहोस् जस्तो लेखिएको छ “यसकारण जाओँ र सबै देशका जातिहरुलाई चेला बनाओँ, पिता, पुत्र र पवित्र आत्माको नाउँमा बप्तिसमा देओ, मैले आज्ञा गरेका सबै कुरा पालन गर्न तिनिहरुमा सिकाओ । हेर, म युगको अन्यसम्म सधैँ तिमीहरुको साथमा छुँ ।” मत्ती २८ः१९—२०
अब मनलाई बनाउनुहोस् र नयाँ योजना बनाउनुहोस् ताकी ख्रीष्ट परमेश्वरको इच्छा पुरा गर्नु हुदा परमेश्वरले, “यिनी मेरा प्रिय पुत्र हुन, यिनी सँग म अति प्रसन्न छुँ ।” –मत्ती ३ः१६ भन्नु भएको जस्तो ख्रीष्टको पनि हामिलाई अन्त्यको दिनमा न्यायको घडिमा संसारको सबै साना–ठुला भेला भएका हुन्छन् त्यस बेला “तिमी मेरा प्रिय पुत्र हौँ । तिमीले मेरो इच्छा पुरा गरेका ग¥यौँ र आज्ञा पालन ग¥यौँ” भनि भन्न नहिच्कीचाउनु भएको होस् । अनि परमप्रभुले तपाईलाई स्वर्गको विजयको मुकुट पहि¥याउनु भएको होस् । आमेन...................
0 Comments