जयमशिह! म
प्रकाश्को तर्फबाट तपाईंहरुको बिचमा केही कुराहरु लिएर आएको छु । कति
कुराहरु सिखेर अनि केही कुरा प्रभुले अगुवाइ गर्नु भएर लेखेकोछु ४ मिनेट
समय दिएर पढिदिनुहोस । प्रभुले तपाईंलाई आशिषदिनु हुनेछ आमेन । तपाईं
कसरी बोल्दै हुनुन्छ ? कसरी अरु को विषयमा बोल्दै हुनुन्छ ? के
तपाईंले बोल्ने बोली सुद्ध छत ? बिचार गरौ ज्ञान बुद्दिले
भरेका सबै छौ तर कसरी प्रयोग गर्दै छौ त ....
हाम्रा वरिपरिका मानिसहरु कति पटक हामिमा नभएका गल्ती हरु औल्याउछन र कति पटक
नभएका आरोप अनि दोस पनि देखाउछन ।नभएका र वा नगरेका कुराहरुको, हामी माथी
आरोप लगाउदा वा दोस लगाउदा मन दुख्नु र पीडा हुनु स्वाभाबिक कुरा हो। तर यसलाई
कसरी स्वीकार गरेर प्रतिक्रिया दिनुहुन्छ त्यो महत्वपूर्ण हुन्छ। फलानोले मलाइ
यस्तो भन्यो भनेर तपाई चिन्तित नहुनुहोस,निरास पनि नहुनुहोस, प्रभुलाई
हेर्नुहोस्त उहाँ पनि निर्दोस हुनुन्थ्यो र दोस रहित हुनुहुन्थ्यो,तर पनि
चुप चाप बस्नु भयो, तर पछि यस्तो समय आयो। धेरैले उहाँमा घुडा टेके र
पश्चताप गरे, राम्रा र भलाईका कुरा सोच्दा सोच्दै पनि मानिसहरुले हामिलाई
कति पटक दोष देखाउछन , नभएका मनगणन्ते कुरा गरेर बिरोध गर्छन, हाम्रा पछाडी
कुरा काट्न थाल्छन र खुटा तान्ने योजनाहरु बनाउन थाल्छन , हामी भलाइ सोच्छौ
। उनिहरु खराब सोच्छन । असल गर्न खोजी रहेका हुन्छौ उनिहरु
खराब भन्छन,हामी सकारात्मक कुरा सोच्छौ ,उनिहरु नकारात्मक र उल्टो सुन्छन। कहिले
काही यस्तो अवस्थामा दिक्क पनि लाग्न सक्छ,'आ सेवाकाइनै छोडी दिन्छु'
भन्ने बिचार हामिमा आउन सक्छ,अब म जवानहरुको अगुवानै हुदिन । यो
जिम्मेवार म लिदिन, अरुलाई नै दिन्छु भने बिचारहरु हामिमा आउन सक्छ,
अफिसेल कुराहरु होस या सेवाकाइमा एस्ता बिरोधका कुरा, दोष लाउने काम र
खुट्टा तान्ने प्रबिर्ती बिद्दामान छ हाम्रो समाजमा ,यस्तो अवस्थामा
तपाईं भाग्नु हुदैन , कमजोर हुनुहुदैन ,हरेस खानु हुदैन ,तपाईलाइ त्यो स्थान त्यो
जिम्मेवारी प्रभुले तपाईलाई तेतिकै दिनु भएको होइन,यस्को लागि उनिहरु सङ्ग
युद्ध गर्नुहोस्, बादबिबाद गर्नुहोस, लड्नुहोस बहकिनेको होइन,
तर प्रभुको समयलाई प्रखनु होस। धैर्य साथ आफ्नो जिम्मेवार बहस
गर्नुहोस, प्रियहरु र सकारात्मक मानसिकता र हिर्दय सहित प्रभुको सेवा
गर्नुहोस। लेखिएको छ मानिसले जे रोप्छ त्यसैको कटनी गर्ने छ। यदि
तपाईं प्रभुमा सहि हुनुन्छ भने दुनियाँमा काग कराउँदै जान्छ, पिना सुक्दै जान्छ,
प्रिय हरु । नकारात्मक कुराहरुलाई एउटा कानले सुनेर अर्को कानले बाई बाई गर्नुहोस
संसारमा ती मानिसहरुका पनि बिरोधीहरु पनि थिए त। जसले
इतिहास रचेर देखाए ,हवाइ जहान बनाउने मानिसहरुलाइ मानिसले खेदो गरे, बिरोध गरे र
उड्दै उड्दैन भनेर ठोकुवा पनि भने। तर उनिहरुकै आँखा अगाडि हवाई जहाज उडाएर देखाइ
दिए, प्रियहरु। नुवाले मरु भुमिमा पानी जहाज बनाउदा मनिसहरुले खिल्ली उडाएर
पागल भने ।
त्यति मात्रै हैन प्रभु येशुको सेवाकाइमा मानिसहरुले बिरोध
गरिरहे। गलत आरोप लगाएर क्रुसमा टागे तर जित उहाँकै भयो। यस्ता कुराहरुलाई
हामिले उर्जाको रुपमा प्रयोग गर्न जान्न पर्छ, प्रियहरु। प्रभुले यी
कुराहरु हामिलाई हुन आउन दिनुहुन्छ सेवाकाइमा, किनकी हामी यस कुरा लाई उर्जाको
रुपमा प्रयोग गरि अघि बड्न सकौ, बाधा अड्चन र छलहरु नभएत नदि पार गर्ने
डुङ्गानै किन चाहियोर । त्यतिकै शिखरमा पुग्ने भए मान्छेलाई
सिढी बनाउने ढुङ्गा नै किन चहिन्थ्योर । मानिसहरुले प्रहार गरेका
ढुङ्गाहरु गनेर बस्ने समय होईन, प्रियहरु हो। ती ढुङ्गाहरुलाई सिढी बनाएर शिखर
चड्ने बेला हो यो । जति ढुङ्गा बर्सिन्छन त्यति बलियो बन्छौ
। कुनै पनि बस्तु उर्जामा परिणत हुनका लागि ताप चाहिन्छ , दबाव
चाहिन्छ,प्रियहरु अनि त्यो वस्तु उर्जामा परिणत हुन्छ, प्रियहरु। यदि
जीवनलाई उर्जामा परिणत गर्ने हो भने यस्ता निम्न कुराहरुलाई सकारात्मक रुपमा
हासी हासी स्वीकार गर्नुपर्छ। एउटा चङ्गा पनि बेसरी चलिरहेको हावालाई प्रयोग
गरि उड्छ आकाशमा। त्यसैले प्रिय हरु हाम्रा मानसिक्ता र हाम्रा दृस्टी
कोणहरु बदल्नु आवस्यक छ । (एउटा कुरा कहिले पनि नबिर्सिउ कि जसले
परमेस्वरले धर्मी जनलाई र प्रभुको सेवकलाई गलत भनेर बिरोध गर्छनि, प्रभु
येशु उनिहरु प्रती कहिलै पनि सकारात्मक हुनुहुनेछैन) जब तपाईंको पक्षमा
प्रभु हुनुन्छ भने,(तपाईं कहिलै हार्नु हुने छैन) किनभने युद्धका निम्ति
घोडाहरु तयार पारिन्छ प्रियहरु तर बिजय परमप्रभु परमेस्वरबाट आउँछ,
प्रियहरु आमेन । तपाईहरुले के गर्दै हुनुहुन्छ र के बोल्दै हनुहुन्छ र के
सोच्दै हुनुहुन्छ ? यदि तपाईंले बोलेको एक शब्दले कसैको मन दुख्छ भने कसैको घर
परिवार बिगृन्छ भने मन्डली भाडिन्छ भने प्रियहरु नबोल्दानै राम्रो होला।
आमेन
प्रकाश 2:10
तिमीले भोग्नै लागेका कष्टहरूसँग नडराओ। हेर, दियाबलसले तिमीहरूमध्ये
कतिलाई तिमीहरूका जाँचको निम्ति कैदमा हाल्न आँटेको छ, र तिमीहरूलाई
दशै दिन कष्ट हुनेछ। तिमी मृत्युसम्मै विश्वासी होओ, र म तिमीलाई
जीवनको मुकुट दिनेछु।
Wonder talent by
Prakash Bahini
Edition by
Shekhar Rana Magar
0 Comments