परमेश्वर अनुगहि, ठिटालु, क्रोध गर्नमा ढिला, करुनामय, दयालु तथा कोमल हुनुहुन्छ । हामीले चाहाना गरेका हरेक असल कुराले हामीलाई भर्नु हुन्छ । उहाँ हाम्रो आवश्यकता, ईच्छा र चाहाना, बुझ्नु हुन्छ र हरेक असल कुरले तपाईलाई भरीपुर्ण पार्न चाहानुहुन्छ । जसरी हामी हेर्न सक्छौ योसेपको जिवनी । योसेफलाई आफ्ना पिता दाउदको अत्यन्तै प्रेम गरे पनि उनका दाजुहरुले नै उनलाई मिश्रीहरुको हातमा बेचेको कुरा हामी उत्पती २६ः२८ मा पाउन सक्छौ तर परमेश्वरले योसेफलाई असल कुरा दिन चाहानु भएको कारण नै यस्तो भएको थियो जसको फल स्वरुप योसेफ पोतिफरको घरमा मुख्य कारिन्दा तु्ल्याउनु भएको कुरा उत्पती ३९ः८मा र मिश्र देशको समस्त अभिकार दिएको कुरा ४१ः४१ देखि ४४मा पाउदछौँ । हो यो बिचमा योसेफले धेरै कष्ट, दोष र अपमान सहनु परेपनि परमेश्वरको चाहाना उसलाई सबै परिस्थितीले खारी तयार गर्नु थियो । जसरी यशैया ४८ः१०मा उल्लेख गरीरको छ “हेर मैले तलाई खारेको छु, तर चाँदिलाई जस्तो त होइन त मैले तँलाई कष्टको भट्टिमा जाचेको छु ।’’ परमेश्वर सधैँ हामीलाई सर्व श्रेष्ट कुराले भर्न चाहानु हुन्छ भन्ने कुरा त हामीले थाहा पायौँ तर हामीले तर हामीलाई किन परमेश्वरको अनुग्रह मिल्दैन त ? आखिर किन पास्टर, अगुवा, र डिकनलाई मात्रै किन ? किन अगुवा मात्रै मिठो स्वरमा गितार बजाउँदै शक्तिसाली रुपमा परमेश्वरको प्रशंषा गर्ने, अगुवालाई मात्रै आशिष दिनुहुन्छ त ? परमेश्वरले के उहाँले पक्षपात गर्नु हुन्छ ? “ तर त्यसले कत्ति पनि शंका नगरी विश्वास साथ मागोस् । शंका गर्ने चाँहि बतासे उचाल्दै पछार्दै गर्ने, समुद्रको छाल समान हुनेछ । त्यस्तो मानिसले यो नसम्झोस् कि उसले प्रभुबाट केहिँ पाउँछ । “याकुब १ः६—७ले स्पष्ट रुपमा भन्दछ कि हामीमा विस्वास चाँहि हुनु पर्दछ । तर कति बेला हामी विस्वास साथ प्रार्थना गर्दा पनि प्रभुबाट केहि प्रत्तिउत्तोर नआएको अनुभव गर्दछौँ । किनभने हामी हतार गर्छौ तर परमेश्वर धैर्यवान परमेश्वर हुनुहुन्छ । हाम्रो लागी उहाँले योजना बनाउदैँ हुनुहुन्छ । तर हामी विचार गर्छौ कि हाम्रो प्रार्थना नै सुनुवाई भएन ! र प्रभुबाट टाढा—टाढा हुदै जान्छौँ तर हामीले बिचार गर्नु पर्छ कि परमेश्वर सबै जान्नुहुन्छ ।
0 Comments