*अनि मैले आशा गरेको थिएँ कि तिमीले मलाई बिहानै उठेर धन्यवाद दिनेछौ भनेर, तर तिमी जब बिहानै उठयौ तब तिमी त फटाफट हात मुख धोएर चिया नस्ता पो लिन थाल्यौ, मलाई त वास्तै गरेनौ तिमीले।*
*" जब तिमी रातभरी मिठो निद्रामा मस्त थियौ । तब रातभरी नै म तिम्रो नजिकै थिएँ , तिमीलाई रातभरी नै मैले आफ्नो बाहुलीले सम्भालिरहेको थिएँ, आफ्ना पखेटाले तिमीलाई सुरक्षा दिइरहेको थिएँ।*
👉👁☝😭😭
*फेरि मैले सोचेँ सायद तिमीले नुहाइधुवाई सकेर मलाई सम्झिने छौ, तर तिमी त नुहाइधुवाईसकेर पनि मलाई सम्झिनु कता हो कता आज कुन कपडा लगाउने भन्ने कुरामा पो अल्झिन थाल्यौ।*
*मलाई लाग्यो सायद खाना खाने बेलामा तिमीलाई मेरो याद आउँनेछ, तर त्यो बेलामा पनि तिमीले मलाई अलिकति पनि सम्झेनौ, तर अफिसको कामकाजबारे पो चिन्तित हुन थाल्यौ। अनि मलाई लाग्यो सायद तिमीले गाडीको यात्राको बाँकी फुर्सदको समयमा सायद मलाई सम्झिने छौ र तिमीसित म कुरा गर्न पाउँला भनेर आशा गरे , तर त्यो पनि व्यर्थै भयो, किनकि तिमी मोबाईलमा पुरै यात्राभरि नै व्यस्त भयौ, म तिमीलाई हेरेको हेरेकै भएँ।*
*म चाहन्थे कि दिनभरिको केहि समयहरु मसित प्रार्थनामा अनि कुराकानीमा तिमीले बिताएर त हेर , तिम्रो कामहरू कति सजिलो हुनेछन, समस्याहरु हटेर जानेछ्न भनेर , तर तिमीले त मलाई एकपल पनि यादै गरेनौ। तिम्रो संसारिक प्रेमी प्रेमिकालाई पलपल हरेक पल सम्झिरह्यौ तर तिम्रो निम्ति आफैलाई बलिदान गर्ने, तिम्रो निम्ति गाली ब्यज्जत सहने, कोर्राको चोट, भाला घोचाई सहने , अनि तिमीलाई अनन्तखुशी दिनलाई तिम्रो निम्ति बलिदान हुने अनि तिमीलाई अनन्त प्रेम गर्ने मलाई चाहिँ तिमीले एकपल पनि सम्झेनौ।*
*मलाई लाग्यो सायद आज कामबाट फर्केपछी तिमी मसित कुराकानी गर्नेछौ, तर त्यो पनि ब्यर्थ भयो, किनकि तिमी दैनिक कामकाजमा व्यस्त भयौ अनि मलाई फेरि भुल्यौ।*
*फेरि मैले सोचे सायद मलाई तिमीले राति त अवश्य नै सम्झिने छौ, तर फेरि पनि म निराश भएँ, किनकि तिमी आधा रात सम्म फिल्म हेरेर सुत्न गयौ।*
*मेरो पनि मन थियो कि तिमीसित कुरा गर्ने , तिमी सित सुख दु:खको कुराकानीगर्ने,तिम्रो जिन्दगीको एक भाग बन्ने , अनि तिमीलाई मार्गनिर्देशन गर्ने, अनि तिमीलाई तिम्रो जिन्दगीको बारेमा बताउने कि तिमी वास्तवमा धर्तीमा किन आयौ?*
*तिम्रो जिन्दगीको उदेश्य के हो भनेर बताउने। तर तिमीले मलाई कहिल्यै मौकै दिएनौ, सम्झिदा पनि सम्झेनौ।एकपटक एउटा यस्तो समय पनि आयो कि त्यो दिन तिमी पूरा दिन नै फुर्सदमा थियौ, त्यो समयमा पनि मलाई एक सेकेन्ड, एक घडी पनि सम्झेनौ। तर पनि म तिमीलाई धेरै धेरै प्रेम गर्छु , कहिल्यै नटुङ्गिने प्रेम गर्छु।*
*यहि आशा गर्छु कि एकदिन तिमीले मलाई अवश्य बुझ्ने छौ, अनि सानो सानो खुशीको निम्ति पनि तिमीले मलाई धन्यवाद दिनेछौ, तर तिमी त त्यो बेला मात्रै आउँछौ जब तिमी दु:खमा हुन्छौ , अनि तिमीलाई केही चाहिन्छ त्यो बेला मात्रै कुराकानी गर्छौ ।*
*तर अरुबेला त मण्डलीमा आउँदा समेत तिमीले मलाई एकपल पनि सम्झिदैनौ। तर पनि केहि छैन*
*मलाई पुरै आशा छ एकदिन तिमी अवस्य पनि मलाई बुझ्नेछौ भनेर, तर म तिमीलाई त सधैं सधैं प्रेम गरिनैरहनेछु, कहिल्यै नटुङ्गिने प्रेमले। किनकि मेरो अर्को नाम नै प्रेम नै त हो, 💕 उहि तिम्रो प्रभु येशू ख्रीष्ट। 💕 "*
By Martha.
Nepali Christian Youth Talent
0 Comments