आशिष आएन । किन आएन आशिष ?

आशिष आएन । किन आएन आशिष ?
हरेक दिन येशु हाम्रो नजिक रहनु हुन्छ । जसले गर्दा हरेक समय हामी सुरक्षित हुन्छौ । 
आशिष आएन । किन आएन आशिष ?
हामी धेरै चोटी आशिष बिनाको जीवन जीरहेका हुन्छौ जबकी हामी बिस्वासी हौँ । अर्थात् हामी ख्रीष्टियन भएर पनि आशिष पाइरहेका हुन्नौ । यस्तो अवस्थामा हामी निरास मात्रै होइनौ प्रभु प्रति क्रोधित पनि हुन्छौ । अनि धेरै बर्ष सम्म ख्रीष्टियन हुदा पनि केहि परिवर्तन नहुदा संसार तिर फर्किने चाहना गर्छौ, जसले गर्दा प्रभु प्रतिको हाम्रो बिस्वाश कमजोर बनाउछ । आशिष कै कारण हामी प्रभुबाट टाढा हुने होत ? हामीले जहिले प्रभुमा स्वार्थ खोज्ने होत ? उहाँ एक चोटी क्रुशमा मरेर, पुगेन र अझैनी स्वार्थ खोज्छौ ? 
प्रभु संग जोडिनुको कारण हामी उहाँमा अनन्त जीवन पाउ भनेर हो जुन उहाँले हामीलाई प्रदान गरि सक्नु भएको छ । अनन्तको जीवन पाई सके पछि पनि हामी उहाँमा आश राख्छौ । आश राख्नु ठिकै हो तर आश पुरा हुँदा प्रभुबाट हट्नु चाइ ठुलो मुर्खता हो ।
आशिषले हामीलाई पर्खेको हुन्छ तर नि नपाउनुको कारणहरु:- 
क) पाएको आशिष नदेख्नु । 
:- संसारको अभिलाषा खोज्नेले प्रभुको आशिष पाए तापनि देख्न सक्दैन । 
ख) प्रभुले चाहनु भएको जसो जीवन नजीउनु ।
:- संसारलाई आफ्नो ठान्ने अनि संसारमै भुल्ने, घुम्ने प्रभुलाई समय नदिने तर आशिषको लागी प्रभुको 
मुख ताक्नेले आशिष पाउन सक्दैन । 
ग) प्रभुको आशिष आत्मिक र संसारिक दुवै हुन्छ तर संसारिकलाई प्राथमिकता दिदा आत्मिक बिलाएर जान्छ । आत्मिक भन्नाले प्रभुलाई महिमा गर्न मदत गर्ने जस्तै :- भजन गाउन स्वर, बचन बोल्ने । संसारिक 
भन्नाले संसारको काम द्वारा मान सम्मान प्रतिष्ठा । यसैलाई पच्छ्याउने पतन भएका छन् ।
घ) आशिष टिप्न नसक्दा ।
आशिष फल जस्तो हो । प्रभुको उपस्थितिमा रहेर उहा संग लिन पर्ने हुन्छ । तर प्रभुको सेवामा नहुने तर संसारमा कुद्नेले प्रभुको उपस्थितिमा आउन सक्दैन जसले गर्दा उसले आशिष गुमाउन पुग्छ । 
धेरै कारणहरु छन् तर यति कुरा सुधार गरे पनि आशिष पुन मदत हुनेछ ।

Post a Comment

0 Comments