"परिवर्तन""-- ईसाई कथा
पत्र कोजवाफ मा बाबा ले
लेखेको थियो -"छोरा सधै प्रार्थना गरेर बाइबल पड्ने गर हाम्रो परमेस्वर ले
सबै जुटाउनु हुन्छ" (उत्पत्ति २२:१४) छोरा पत्र पाएर दिक्क भयो र मनमनै भन्न
थाल्यो -"होला अब प्रभु यहि प्रकट भएर मलाई पैसाको बिट्टा दिने होलानी" केहि
दिन पछि फेरी बा आमा लाई पत्र लेख्यो ।bएउट़ा वृद्द बुडा बुडी को एक्लो छोरा थियो। नाम
जेम्स । सारै अल्छे, चर्च
कहिले जादैन थियो, बाइबल पडन र प्रार्थना गर्न कुरै छोडौं वृद्द बा आमा दुखित थिए छोरा
को कारण, दिन रात छोरा को निम्ति परमेस्वर संग प्रार्थना गर्थे ताकी छोरा
सप्रियोस भनेर । कदिन सायद प्रभुको योजना थियो । छोरालाई बाइबल कलेज पठाउने निर्णय भयो। छोरा लाई जसो तसो फकाएर कलेज पठाए । कलेजमा दिन बिद्दै गयो । छोरा लाई पैसाको
आवस्यकता पर्न थाल्यो । घरमा पत्र लेखेर पैसा पठाउन अनुरोध गर्यो 'मलाई साह्रै पैसाको
जरुरत पर्यो' अब जवाफ मा लेखेको पाइयो -"छोरा हामीसंग अहिले पैसा छैन तिम्रो
आमा बिरामी हुनुहुन्छ मैले काम गरेर कमाएको पैसा त्यहि सकियो, बिस्वास
गरेर प्रार्थना गर अनि सधै बाइबल पढ हाम्रो महान परमेस्वरले जुटाउनु हुन्छ।" अब
छोरा लाई रिस उठ्यो फेरी पनि रिस सान्त भएपछी पत्र लेख्यो -"बा आमा म अहिले
धेरै सप्रिएको छु मलाई बिस्वास गर्नु होस् म बाइबल पनि सधै पड्ने गर्छु र
प्रार्थना पनि गरि रहेको छु तर अहिले मलाई सारै पैसाको जरुरत छ मैले यो अन्तिम पटक
अनुरोध स्वरुप पत्र लेखेको छु।" अब बा आमा जेम्स को यो पत्र देखेर सारै दुःखी
भए । किन थाहा छ तपाइहरुलाई???
जवाफ मा बा ले भने -छोरा हामी पनि दुखि छौं किन कि
नत तिमीले प्रार्थना गरेको छौ नता बाइबल नै पढेको छौ यदि तिमीले त्यसो गरेको भए त
अवस्य पनि परमेस्वर ले तिम्रो खाचो पुरा गर्नु हुने थियो। हामीले तिम्रो निम्ति
निरन्तर प्रभु संग प्रार्थना गरेका छौं आशा छ प्रभुले तिमीलाई निराश पार्नु हुने
छैन" अव छोरा लाई यो पत्र ले झस्कायो। बा ले मैले प्रार्थना नगरेको, बाइबल नपढेको कसरि थाहा
पाउनु भयो? उसले मनमनै एकपटक बा आमाले भनेको जस्तै गर्ने विचार गर्यो किनकि
उसलाई त्यतिबेला धेरै पैसाको जरुरत परेको थियो अरु कुनै उपाय थिएन। त्यो रात उसले प्रार्थना मा निक्कै बेर समय बितायो उसलाई केहि आनन्द
महसुस र शान्ति को अनुभव भयो अब बाइबल पड्ने इच्छा जाग्यो र जसै उसले आफ्नो बा आमा
ले जन्मदिन मा किनिदिनु भएको बाइबल खोल्यो । तब जेम्सको आखा बाट आशु बग्न सुरु भयो । किनकि उसले बाइबल खोल्न साथ् त्यहाँ एउटा सानो पत्र र ५०००$ पायो
र पत्र मा लेखिएको थियो -"हाम्रो प्यारो छोरा राम्रो संग पढेर प्रभुको सेवा
गर्ने छौ भन्ने हाम्रो आशा र प्रार्थना छ, तिम्रो गरिब बा आमा संग
भन्ने बित्तिकै पैसा हुदैन, त्यसैले तिम्रो बा ले हस्पिटल सफा गरेर कमाएको यो अलिकति पैसा
तिमीलाई समस्या परेको बेला काम आउनेछ। तिमीले जब यो पत्र पाउनेछौ प्रभुलाई
धन्न्यवाद दिन नभुल र सधै प्रार्थनाको जीवन बिताउने गर। तिमीलाई धेरै माया गर्ने
बा र आमा। प्रभुले तिमीलाई
आशिस दिउन।"
त्यसपछि जेम्स ले उसको जीवन मा प्रभुको योजना
बुज्न सक्यो त्यसदिन देखि सबै खराबी को कारण पस्चातापी हृदय को साथ् प्रभु संग
क्षमा मागी साचो इसाई बन्ने प्रतिज्ञा गरि प्रार्थना को जीवन जिउन थाल्यो र बाइबल
पडन कहिले भुलेन। धेरै दिन पछि बा आमा लाई पत्र लेखे -"बा आमा मलाई धेरै माफ
गर्नु होस् र परमेस्वर ले पनि मलाई क्षमा गरुन ।
0 Comments